बिष्णुप्रसाद पोखरेल
दमक/झापाको भद्रपुर बिमानस्थलमा बिहिबार नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाइ स्वागत गर्नका लागि ओली आउनु एकघण्टा अगावै पार्टीका प्रदेश इन्चार्ज सहित साँसद र पार्टीका जिल्ला नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सरकारका महान्याधिवक्ता देखि लिएर प्रदेश सरकारका आन्तरिक मामला तथा कानून मन्त्री हिक्मत कार्कीसम्मकको उपस्थिति थियो । नेकपाको जिल्ला हाक्नका लागि दाबेदारी प्रस्तुत गरिरहेका दीपक कार्की र चिन्तन पाठक पनि रहेका थिए ।
भद्रपुरमा रेडक्रस झापाको स्मारिका बिमोचनपछि ओली बिर्तामोडको अग्रेसन भवनमा चियापानका लागि जाने तयभएकाले अग्रसेन भवनमा ओली पुग्नु १५ मिनेट अगावै कार्यक्रम शुरु भयो । नेकपाका जिल्ला नेता चिन्तन पाठकले कार्यक्रम सञ्चालन शुरु गरे ।
बिशिष्ठ अतिथिहरुको आसन ग्रहण गराउने क्रममा शुरुवातमा संसदकाको अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पबित्रा खरेलको गराइएको थियो । त्यसपछि बिस्तारै साँसद र पुर्व साँसदहरुलाइ पनि गराइयो । सबै परे तर स्टेज अगाडि रहेका दीपक काकीको नाम कार्यक्रम सञ्चालक रहेका पाठले उच्चारण गरेनन् ।
नगर प्रमुखहरुको नाम बाचन गर्न थाले । जब कार्कीको नामको चिर्कटो पुग्यो अनि मात्र पाठकले कार्कीको नाम उच्चारण गरे । जानजान यस्तो भएको हो की ? उनले नाम नै लिन चाहेका थिएनन् ? एकैक्षणमा कार्यकर्ताहरुमाझ बहसको बिषय बन्यो ।
झण्डै रोकिए नेकपामा प्रदेशका इन्जार्च देबराज घिमिरे
ओली आएको यति एयरलायन्सको उडान ल्यान्ड गर्ने समय हुन लागेपछि स्वागत गर्न प्लेन छेउमा जान सुरक्षाकर्मीले सबै जाने दिने कुरो थिएन । केहि भिआइपीहरु अगाडि बढे । त्यसैक्रममा नेकपाका प्रदेश प्रमुख देबराज घिमिरे अघि बढ्न खोजे । तर ओलीको सुरक्षा आएकी नेपाली सेनाकी एक कमाण्डरलेले रोक्न खोजीन् । उनले नचिनेर रोकेको थाहा पाएपछि दीपक कार्कीले नेकपाको प्रदेश प्रमुख भएको बताएपछि बल्ल उनी अघि बढे ।
बेग्लै शैलीमा अघि बढे एलपी साँवा साँसद एलपी साँवा यसै पनि आफुलाइ फरक रुपमा अघि बढाउने गर्छन् । एयरपोर्टमा पनि यस्तै देखियो । सुरक्षाकर्मीको कडाइ भएपछि उनि एकछिन त लाइनमा नै उभिए । फेरी उनि ओलीलाइ प्लेनबाट झर्ने बित्तिकै स्वागत गर्ने उदेश्यले अघि बढे । उनले भने, म चाहि अघि बढे है साथी हो ।
उत्साहजनक भीड अघिल्ला बर्षहरुको भन्दा निक्कै भिडभाड रहेको थियो अग्रसेन भवनको चियापान समारोह । पार्टी एकतापछि गृहजिल्लामा पहिलो ओलीको चियापान रहेको थियो । सरकारी अधिकारीहरुदेखि लिएर पार्टीका प्रदेश तथा पुर्वमा रहेका केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो । चियापान कार्यक्रमलाइ सांगीतिक रुप दिइएको थियो ।









