दमक मा पहिलो पटक बृहत पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव हुने भएको छ । “प्रेरणाका लागि पुस्तक” भन्ने सन्देशका साथ डिकुरा पब्लिकेसन काठमाडौको आयोजनामा यही माघ १५ देखि २२ गतेसम्म दमकस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव गर्ने भएको हो । आज दमकमा भएको पत्रकार सम्मेलनमा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले सो जानकारी दिएका हुन् । भाषा साहित्यको प्रवद्र्धन, संवद्र्धन, विकास एवम् सांस्कृति उन्नयनका साथै पुस्तक पठन संस्कृतिकको विकास गर्ने उद्देश्यका साथ पूर्वाञ्चलको दमकमा पहिलो पटक बृहत पुस्तक प्रदर्शनीकोे आयोजना गरिएको प्रसाईले बताए । हालै मात्र बिर्तामोडमा पब्लिकेसनले साताव्यापी पुस्तक प्रदर्शनी सम्मन्न गरेको छ ।
दमक मा पहिलो पटक बृहत पुस्तक प्रदर्शनी
सवाल नेपालसंवाददाताबिहीबार, ११ माघ २०७३

दमक मा पहिलो पटक बृहत पुस्तक प्रदर्शनी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



