उदयपुर । नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता ‘पार्टीको आस्था कहिल्यै टुट्दैन’’ भन्ने व्यहोराको सुसाइड नोट लेखेर सप्तकोशी नदीमा वेपत्ता भएका छन् ।
बेलका नगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय ज्ञानेन्द्र आचार्य सुसाइड नोट लेखेपछि शनिबार साँझ सप्तकोशीको चतरा पुलबाट हाम फालेका हुन् ।उनले विघटित एमालेका तत्कालीन गाउँ कमिटी अध्यक्ष गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेको छिमेकी धनपत्ति आचार्यले बताउनु भयो ।
आफू मरेर गए पनि पार्टीप्रतिको आस्था कहिल्यै नटुट्ने उनको सुसाइड नोटमा उल्लेख छ । आचार्यको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिनुभयो ।
एसपी राईका अनुसार आचार्यले शनिबार र कोशी पुलबाट हाम फालेकोा केही स्थानीयले देखेका थिए । आचार्यको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय गरी तीन सय भन्दा बढी जुटेको एसपी राईले बताउनु भयो । जनता समाचार बाट










