लुक्ला, कात्तिक ५

सोलुखुम्बुको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दुई वटा हेलिकप्टर ठोक्किएका छन् । विमानस्थलको छेउमा रहेको हेलिप्याडमा एयर डाइनेष्टी र माउन्टेन हेलिकप्टर बिहान ११ः४० बजे ठोकिएको हो । एअर डाइनेस्टीको हेलिकप्टर टेकअप हुने क्रममा हेलिप्याडमा रहेको विथ्री मोडलको नाइन एन एके बी को माउण्टेन हेलिकप्टरमा ठोकिन पुगेको विमानस्थलले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माउण्टेन हेलिकप्टरको पंखा चर्केर काम नलाग्ने अवस्थामा छ भने पछाडि प्वाल परेको बताइएको छ। हेलिप्याड साँघुरो भएकाले टेकअप हुँदा हावाले पंखा घुमेपछि क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । दुईवटा साँघुरो बारीमा नागरिक उड्यान प्राधिकरणले पाँच वटासम्म हेलिकप्टर एकै पटक अवतरण गर्ने अनुमति दिएको छ। नागरिक उड्यान प्राधिकरणको लापरवाहीका कारण हेलिकप्टर दुर्घटना भएको स्थानीयको आरोप छ। खुम्बु क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग भएकाले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दैनिक जहाज र हेलिकप्टर गरी एक सय २५ र मासिक दुई हजार पाँच सय १४ वटासम्म उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ।जनता टाइम्स बाट