काठमाडौं, कार्तिक ६ । साझा यातायातले मंगलबारबाट सुरु गरेको विद्युतीय बसमा चढेर प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरवार पुगेका छन् । सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस सेवाको मंगलबारबाट शुभारम्भ गरेको थियो।

पुल्चोकबाट प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायत सिंहदरबार पुगेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युतीय बस सेवा सञ्चालनको उद्घाटन गरेका थिए। साझाले उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको हो।