काठमाडौं, ८ कात्तिक । सत्तारुड दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् प्रतिनिधि सभा सदस्य नवराज सिलवालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई हावा कुरा नगर्न चेतावनी दिएका छन् ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफू जहिल्यैपनि जनताको बीचमा रहेको उनले सुनाए । सिलवालले भने,”म त विहानदेखि बेलुकासम्म जनताको बीचमा नै हुन्छ। धेरै व्यस्त छु ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.facebook.com/primetimestvnepal/videos/707693312933236/

सुरक्षा निकायबाट एक्कासी राजनीतिमा हाम फाल्नुभयो अनि चुनाव पनि जित्नुभयो, यो बीचमा तपाईले के चमत्कार गर्नुभयो भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,”होईन, म परिवर्तनको एउटा सम्वाहक बन्ने प्रयास गरेको छु । राजनीतिक वृत्तमा एउटा अलग खाले व्यक्तित्व बनाउने प्रयास पनि गरिरहेको छु ।”

प्रदेश नम्बर २ ले प्रदेश प्रहरी ऐन ल्याएकोप्रति उनले कडा आक्रोश पोखे । उनले भने, “प्रदेश २ ले गरेको यो काम ठीक छैन । मुख्यमन्त्रीले ठीक गर्नुभएन् । संघीय ऐन नबनीकन प्रदेश ऐन कसरी बनाउन सकिन्छ ? किनकी बाझियो भने त्यो खारेज हुन्छ ।”

२ नम्बर प्रदेशका मुख्यमन्त्रीले लालबाबु राउतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका सांसद सिलवालले भने,”उहाँको बोलीमा सिक्वेन्स छैन । कहिले एउटा कुरा बोल्नुहुन्छ। कहिले अर्को कुरा बोल्नुहुन्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता तुहाउन खोज्दैछन् भनेर लगाईएको आरोपमा समेत कुनै सत्यता नभएको उनको जिकिर छ । उनले भने,”जसले त्यो भनेको छ, त्यो गलत कुरा हो । केपी ओलीजस्तो नेता यो मुलुकले पाएको छ । अब हामी सबैले उहाँलाई कसरी सहयोग गर्ने भन्नेबारे सोच्नुपर्छ । विकास निर्माणमा उहाँको नेतृत्वलाई सबैले साथ दिएर योगदान पुर्याउनुपर्छ ।”