दमक/झापाको दमक नगरपालिकाले आयोजना गर्न लागेको बृहत बालमहोत्सवको तयारी तिब्र रुपमा शुरु भएको छ । बिभिन्न उपसमितिहरुले आफ्नो तयारीलाइ तिब्र रुपमा अघि बढाएको पाईएको हो ।
आउदो मंसिर ४ गतेदेखि ८ गतेसम्म हुन लागेको बहृत बालमहोत्सवमा २५ वटा शिर्षक दिएर कविता प्रतियोगीता गर्ने र यसका लागि आवश्यक तयारी शुरु गरिएको यस सम्बन्धि बनेको उपसमितिका संयोजक नरपती पाण्डेले बताएकाछन् ।

शुक्रबार बसेको अनौपचारिक बैठकले धेरै कविताहरुलाइ महोत्सवमा आउने अवस्था सिर्जना गर्ने बिषयमा छलफल भएको साहित्यकार प्रकश बुढाथोकीले जानकारी दिएकाछन् ।
यसैगरी शुक्रबार नै उपस्थित समन्वय समितिको बैठकले पनि बसेको छ । नगर उपप्रमुख गीता अधिकारी समेत उपस्थिति रहेको बैठकले जिल्ला समन्वय अधिकारी सहित बिद्यालय निरिक्षकहरु लगायत सरोकारवालाहरुसंग आवश्यक छलफल गर्ने निर्णय गरेको जनाईएको छ । रुद्रप्रसाद सुबेदीको संयोजकत्वमा बसेको बैठकले धेरैभन्दा धेरै सहभागिताका लागि प्रचारप्रसारका लागि सरोकारवालाहरुसंग छलफल गर्ने निर्णय गरेको जनाईएको छ ।
यसभन्दा अगाडि बालप्रतियोगीता सञ्चालन उपसमितिको बैठक बसेको थियो । उपसमितिका संयोजक टेकनाथ भण्डारीका अनुसार ७वटा बिधामा प्रतियोगीता सञ्चालन गरिने निर्णय भएको छ ।










