दमक/झापाको कमल गाँउपालिका वडा नं. ५ साविक लखनपुर १ पाडाजुंगीमा मदन भण्डारीको नाममा रंगशाला बनाउन कुनै पनि हालतमा नदिइने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएकाछन् ।
शिवसताक्षी नगरपालिकामा भएको एक कार्यक्रममा उनले यस्तो बताएकाहुन् । उनले आदिबासी रंगशाला बनाउने भनेर शिलन्यास भएको स्मरण गर्दै अहिले यसको नाम फेरीनु गलत हुने बताए ।
आदिबासी समुदायले आफ्ना पुर्खाको चिहान राखेको ठाँउमा रंगशाला बनाउनका लागि सहमति दर्शाएको उल्लेख गर्दै उनिहरुको भावाना बिपरीत अहिले यहाँ स्व.मदन भण्डारी रंगशाला बनाउन सरकारले कसरत गरेको भन्दै बिरोध गरे ।
उनले आफु आदिबासी समुदायको साथमा रहेको भन्दै आफ्नो गर्धन छिनाए त्यो छिनाउन दिने तर नामकरणको बिषयमा पहिला जे थियो त्यसैको पक्षमा आफु रहिरहने उल्लेख गरे । काँग्रेसले सरकारको नेतृत्व गरेको समयमा नै यहाँ आदिबासी रंगशाला नभएर मदन भण्डारी रंगशाला बनाउने भन्दै निर्णय भइ बजेट समेत बिनियोजन भएको थियो ।
यस क्षेत्रका आदिबासी अगुवा तथा पुर्खाको चिहान भत्काउन सहमति जनाएका परिवारका सदस्यहरुका बिरोधका कारण यहाँ काम हुन सकेको छैन । उनिहरुको एउटै माग कुनै पनि हालतमा रंगशालाको नाम परिवर्तन हुने नहुने जनाउदै आएकाछन् । उनिहरुले आदिबासीजनजातीको चिहानमा राजनीति नगर्न समेत बारम्बार आग्रह समेत गर्दै आएकाछन् ।










