https://www.youtube.com/watch?v=CMqVYyJ_ZE4&feature=youtu.be&fbclid=IwAR2ZNHQnFP1HU3gZsN4ixgD3TI27Puk9jlojX_Gs_gV2rdyDroox-gLcjZc

बिष्णुप्रसाद पोखरेल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक/ब्लड क्यान्सरबाट पीडित झापा दमककी एक किशोरीको ज्यान बचाउनका लागि सबैसंग आग्रह गरिएको छ । उनको परिवारले आर्थिक अभावले अहिले उपचार रोक्नु परेको जनाएको छ ।

१० बर्षको उमेरमा ब्लड क्यान्सरबाट पीडित बनेकी दमक ८ की स्यारोन लिम्बु अहिले १५ बर्षकी भएकीछन् ।

उनलाइ ४४ महिनासम्म लगातर रुपमा किमो थेरापी गरिएको र क्यान्सर निको भएको भनेर ढुक्क भएकोमा फेरी क्यान्सर देखिएपछि आफुहरु छाँगाबाट खसे झै भएको बुबा धु्रव कैलाश लिम्बु बिकासले जनाए ।

आफुसंग भएको जायजेथा बेचेर अहिलेसम्म उपचार भएको र अब तत्कालै ब्रोन म्यारो प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिए पनि ३० लाखभन्दा बढि खर्च हुने भएकाले त्यो रकम नभएकाले समस्या भएको लिम्बुले जनाए ।  उनले सबैलाइ सहयोगका लागि अपिल गरे ।

छोरीको ज्यान बचाउन आफुले ४० लाखभन्दा बढि खर्च गरेको जनाउदै अहिले पैसा नभएर आफुले छोरीको अनुहार हेर्दै भगवान पुकार गर्नु पर्ने अवस्था आएको दुखदायी पीडा उनले सुनाए । उनि कक्षा ९ मा अध्ययनरतछिन् ।

उनको घर पुग्दा उनि बोल्न चाहिनन् । उनि एककोहोरो रहेर आफ्ना बुबाआमाको अनुहार मात्र हेरिन । गम्भिर बनिन् र आँखाबाट आँशु झारिन् । हाम्रो अपिल छ तपाइले सकेको सहयोग गरेर यि किशोरीको ज्यान बचाउनुहोस् ।

https://www.youtube.com/watch?v=CMqVYyJ_ZE4&feature=youtu.be&fbclid=IwAR2ZNHQnFP1HU3gZsN4ixgD3TI27Puk9jlojX_Gs_gV2rdyDroox-gLcjZc

रगत जाँच र बिशेषज्ञ परामर्श दमक फार्मेसीमा निशुल्क

यस रोग सम्बन्धिका बिशेषज्ञको परामर्श र आवश्यक रगत परीक्षण आफुहरुले निशुल्क गरिदिने दमक फार्मेसीका सञ्चालक ध्रुव सुबेदीले बताए । हरेक ३ ३ महिनामा रगत परीक्षण हुने गरेको छ । यहाँ सिभिल अस्पतालबाट बिशेषज्ञ आउने भएकाले निशुल्क रुपमा परामर्श तथा आवश्यक यहाँबाट हुने सेवा प्रदान गर्ने अवस्था सिर्जना गर्ने पनि सुबेदी जनाए ।

https://www.youtube.com/watch?v=CMqVYyJ_ZE4&feature=youtu.be&fbclid=IwAR2ZNHQnFP1HU3gZsN4ixgD3TI27Puk9jlojX_Gs_gV2rdyDroox-gLcjZc