दमक/दमक नेकपाले राखेको चियापान कार्यक्रममा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नआएपछि खैलाबैला मच्चियो । ओली नआएपछि एकाएक ओली के कारणले चियापानमा नआएको भन्नेमा सबैलाइ कौतुहलता जाग्यो ।

नेकपाका  महासचिब बिष्णु पौड्यालले ओली नआउनु कारण अस्वस्थताको कारण जानकारी दिएकाछन् । ओली आउने निश्चित रहेपनि चिकित्सकले कार्यक्रममा सहभागि नहुनका लागि सचेत गराएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीलाइ भाइरल ज्वरो आएको र सामान्य रुघाखोकीले समेत भेटेको जनाईएको छ । भाइरल ज्वरो र सामान्य छातीमा संक्रमण भएकाले ओली चियापानमा सहभागि नभएको पौड्यालले जानकारी दिए ।