दमक/झापाको दमकमा जुवा अखडा चलिरहेको बताईएको छ । दमकको शंखघरसख्वा चोक नजिक रातको समयमा झगडा समेत भएको जनाईपनि यसको औपचारिक पुष्टि भने भएको छैन ।

एक युवाको समुह जुवा खेलिरहेको अवस्थामा पुगेपछि खालमा रहेकाहरुले बियरको बोतलले हान्दा एकजनाको घाइते बनेको श्रोतले बतायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनालाइ गुपचुप बनाएपछि बाहिर आएको छैन । शंखधरसख्वा जुवा खेलाउने पेशेवर ब्याक्ति नै आएर जुवा खेल चलाएपनि यसमा प्रहरीले चासो नदिएको भन्ने आरोप लागेको छ । शनिबार राती सइको कमाण्डमा प्रहरी गएपनि त्यसै फर्केको श्रोतले दाबी गर्यो । ११ बजेर १८ मिनेटमा त्यहाँ प्रहरी पुगेको थियो ।

युवाहरुको समुहले जुवा लुटन जाँदा झगडा भएको आफुले पनि सुनेपछि तत्काल त्यहाँ दुइ जना सइ पठाएको  इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले बताए । प्रहरी पुगेपछि तितरबितर भएको र केहि नभेटिएपछि प्रहरी फर्केको उनले जनाए ।