काठमाडौं, कात्तिक १२
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ । छातिमा संक्रमण भए पछि प्रधानमन्त्री ओलीलाई आज विहान करिब ४ बजेतिर अस्प्ताल भर्ना गरिएको छ ।
उहाको स्वास्थ्य अवस्था बुझ्न नेकपाका शिर्ष नेताहरु अस्पताल पुगेका छन् । अध्यक्ष दाहाल, नेताहरु झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरु अस्पताल पुग्नु भएको छ । डा। अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या र छातिमा संक्रमण भएको छ ।
जनताटाइम्सबाट










