दमक/झापाको दमक–३ का वडाबासीले ट्रिपर आंतक बढेको भन्दै सोमबार सडक अवरुद्ध गर्दै आन्दोलित भए । दमकको ताराबारी–डिपु सडक खण्डमा ट्रिपरले आंतक सिर्जना गरेका कारण पीडित बन्नु परेको भन्दै स्थानीय सडकमा उत्रेका हुन् ।
दमक– ३ डिपु, ताराबारी, दोघरेका सयौं स्थानीयहरु सडकमा उत्रे । उनीहरुले ट्रिपरहरु तीब्र गतिमा सञ्चालन हुने गरेका कारण दुर्घटनाको जोखिमका साथै अत्याधिक वायु प्रदुषण
बढेको बताएका छन् ।
उनीहरुले दैनिक वायु प्रदुषणका सडकमा पानी हाल्नु पर्ने, तीब्र गतिमा ट्रिपर सञ्चालन रोक्नु पर्नेलगायतका माग राखेका छन् । पटक पटक उक्त बिषयमा सरोकारवाला निकायलाई जानकारी गराएपनि वेवास्था गरेका कारण सडकमा उत्रिनु परेको स्थानीय रक्की धिमालले बताए ।










