काठमाण्डु, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । छातीमा समस्या देखिएपछि आइतबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको छ । चिकित्सका अनुसार अहिले प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रणमा छ भने सास फेर्न पनि सहज हुँदै गएको छ । तथापी, उनको छातीमा हल्का घ्यारघ्यार यथावत रहेको उनको स्वास्थ्य परीक्षणमा संलग्न एक चिकित्सकले जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको थियो । उनलाई आइतबार विहान तीन बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो ।

भर्नापछि अस्पतालले आइतबार विहान पहिलो रिर्पोट सार्वजनिक गर्दै उनको छातीमा संक्रमण हुनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको बताएको थियो । दिउँसो भने उनको अवस्थामा सुधार हुँदै गएको हो ।काठमण्डुटुडे