दमक÷झापाको दमक बहुमुखि क्याम्पसको स्वबियू अध्यक्ष चयनमा नेपाल बिद्यार्थी संघको लफडा मिलेको बताईएको छ । बिगतदेखि नै क्याम्पसमा दूइवटा इकाइ समिति रहेको अवस्थामा दूइजना नै अध्यक्षमा उम्मेद्वार बन्ने चर्चा रहेको थियो । अध्यक्षमा बिनोद चापागाइ र नवराज ढकालले दाबी गर्दै आएका थिए । नेपाल बिद्यार्थी संघ तथा नेपाली काँग्रेसले औपचारिक घोषणा नगरेपनि चापागाइलाई स्वबियू सभापतिमा लैजाने सहमति जुटेको एक काँग्रेस नेताले बताए । नेबि संघ भित्रको आन्तरिक बिबाद मिलेको जनाईएपनि औपचारिक रुपमा उम्मेदवार घोषणा नभइ केहि भन्न नसकिने एक नेबि संघका जिल्ला सदस्यले बताए । यता माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट रबी बस्नेत अध्यक्षको उम्मेदवार रहने बताईन्छ । औपचारिक रुपमा निर्णय नभए पनि बस्नेतले निर्बिकल्पको अध्यक्षको उम्मेदवार रहेको जनाईएको छ । प्रदेश नं. १ का प्रमुख महेन्द्र भट्टराइका अनुसार सबै क्याम्पसहरुको अध्यक्षको उम्मेदवारहरु केहि दिनमा नै सार्वजनिक गरिने तयारी रहेको छ । यसभन्दा अगाडि नै अनेरास्वबियूले उम्मेदवारी घोषणा गरिसकेको छ । अनेरास्वबियूले सन्तोष दूलाललाइ सर्वसम्मत रुपमा अघि सारिसकेको छ ।
दमक बहुमुखि क्याम्पसमा नेबि संघको लफडा मिलेकै हो ?
सवाल नेपालसंवाददाताशनिबार, १३ माघ २०७३

दमक बहुमुखि क्याम्पसमा नेबि संघको लफडा मिलेकै हो ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



