दमक/झापाको दमकमा दमक अस्पताल र दमक हस्पिटल नाम उस्तै भएपछि बिरामीहरु झुक्किएकाछन् । दमकको वडा नं. ८ मा नीजी स्तरबाट दमक हस्पिटल सञ्चालमा रहेको छ भने पुरानो आम्दा भएको स्थानमा जिल्ला अस्पातको रुपमा दमक अस्पताल रहेको छ ।
नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएपछि दमकलाइ माइवारीका लागि प्रथम उपचार केन्द्रको रुपमा दमक अस्पताल तोकेको छ । बिरामीहरु दमक हस्पिटल पुग्ने गरेकाछन् र त्यहाँ नभएपछि फेरी दमक अस्पताल जाने गरेकाछन् ।
नगरपालिका र सरकारी दमक अस्पताल श्रोतका अनुसार नीजि स्तरबाट सञ्चालित दमक हस्पिटलको नाम परिवर्तनका लागि माग गरिएको छ । दमक हस्पिटलले भने दमक अस्पताल भन्दा आफुले धेरै पहिला नै अनुमति पाएको भन्दै दमक अस्पतालको नाम फेरिनु पर्ने बताएको जनाइन्छ ।










