बिष्णुप्रसाद पोखरेल
दमक/गाँउमा झारफुक गर्दै आएका एक ब्याक्तिको झापाको गौरीगन्ज गाँउपालिकामा हत्या भएको छ । सोमबार देखि वेपत्ता रहेका गौरीगंज गाउँपालिका वार्ड नं २ कोरोबारी बस्ने वर्ष ५५ को अलकचन राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।
नेपाल भारत सिमा नजिक भारततर्फ कन्काइ खोला बगरको काँसघारीमा पुरेको अवस्थामा राजबंशी शव भेटिएको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकेन्द्र पौड्यालले जानकारी दिएकाछन् ।
भारतमा घटना भएका कारण नेपाल प्रहरीको भूमिका के हुने भन्ने बिषयमा अन्योल रहेको पौड्यालले बताए । भारतीय प्रहरी आएर मुचुल्का उठाएर शव आवश्यक अनुसन्धानका लागि लगेको समेत उनले जनाए ।










