बिष्णुप्रसाद पोखरेल दमक/नेपाली राजनीतिमा एउटा सम्भावाना बोकेका भनेर चिनिएका केशव स्थापित प्रदेश नं. ३ को मुख्यमन्त्रीको दाबेदारको रुपमा रहेका थिए । उनलाइ संघीय साँसदको रुपमा हेरिएपनि निर्वाचनमा उनी प्रदेशमा उठेर जितेका थिए ।
उनी मुख्यमन्त्रीको दाबेदार रहेपनि डोरमणि पौड्याल मुख्यमन्त्री भएपछि उनि त्यसपछि दोस्रो मर्यादाक्रमको मन्त्री बने । बिकास निर्माणमा चासो राख्ने भएकाले उनलाइ भौतिक पूर्वाधार मन्त्रीको रुपमा जिम्मेवारी दिएका मुख्यमन्त्री पौड्यालले शुक्रबार उनलाइ बर्खास्त गरेको बताइन्छ ।
मन्त्रीपरिषद बैठकमा भनाभन भएपछि स्थापितलाइ मन्त्री परिषदबाट बिस्थापित गराउन मुख्यमन्त्री पौड्याल नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाइ भेटन अस्पताल नै पुगेका थिए ।
यता स्थापितले भने आफु राजिनामा नदिने र मुख्यमन्त्री पौड्यालसंग ठुलो बिबाद नरहेको बताइरहदा बर्खास्तीको खबर आएको हो । यो संगै स्थापितको अबको बाटो के होला भन्ने चासो शुरु भएको छ ।
स्थापित काठमण्डौ महानगरको मेयरको रुपमा समेत दाबेदारी प्रस्तुत गरेका थिए । उनले टिकट नपाएपछि बिद्यासुन्दर शाक्यलाइ सहयोग गरेका थिए । शाक्यले ठुलो मतान्तरमा जितेका पनि थिए ।
को हुन स्थापित ?
केशव स्थापित काठमाडौं महानगरपालिकाका पूर्व नगर-प्रमुख हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले "मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं" भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएका थिए। केशव स्थापित राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भए।
उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका नवौं सदस्यसचिव थिए। उनले वि.सं. २०५१ देखि वि.सं. २०५२ सम्म उक्त पदमा रहेर काम गरेका थिए। उनलाई सरकारले वि.सं. २०६९ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त गरेको थियो। नौ महिना नबित्दै उनलाई पदमुक्त गरेको थियो। स्थापित विसं २०१६मा काठमाडौंमा जन्मिएका हुन्।










