दमक/झापा दमक बहुमुखि क्याम्पसमा प्राविधिक बिषयहरु पढाइ शुरु भएता पनि प्रशासनिक बिषयलाइ लिएर फेरी बिबाद शुरु भएपछि क्याम्पसमा हलचल शुरु भएको छ । क्याम्पसको बेथितिको बिषयमा राजनीतिक दलका स्थानीय नेतृत्वदेखि लिएर यहाँ अध्यापन गराउने प्राध्यापक नै सामाजिक सञ्जालमा खुलेर लेख्न थालेकाछन् ।
पछिल्लो समयमा बस सञ्चालनको बिषयमा बिबाद शुरु भएको पाईएको छ । यस बिषयमा क्याम्पसका प्राध्यापक नेत्र बुढाथोकीले सामाजिक सञ्जालमा लेखेकाछन्-आहा दमक क्याम्पसको खुसीको कुरा बस छ कुदेको छैन, ब्याट्री किन्न प्रशासनको होडबाजी ।।
जय कमिशनको खेल ।।।
केहि दिन अघि नेकपाका नेता महेन्द्र खड्काले क्याँपसको बिषयमा स्टाटस लेखेका थिए । त्यहाँ प्राध्यापक बुढाथोकीले क्याम्पसमा बिद्यार्थी घटनुमा गोरखापत्र र कान्तिपुरलाइ दोष लगाएकाछन् ।

यस्तो थियो खड्काको स्टाटस-
दमक क्यापसको बिबिएस प्रथम बर्षमा गत आर्थिक बर्षमा ४६७ जना विद्यार्थी भर्ना भएका थिए ।यो आर्थिक बर्षमा पुगनपुग १०० जना भर्ना भएका छन ।अब यसरी दमक क्याम्पसमा ह्वात्तै विद्यार्थी घट्नुमा दोश कस्को ? दमक क्याम्पस संचालक समिती या क्याम्पस प्रमुख को ?या गुणस्तरीय शिक्षाको कमि या चुस्तदुरुस्त ब्यबस्थापकिय प्रसासनको ? पक्कै पनि दमक क्याम्पसमा गुणस्तरीय शिक्षाको कमि छैन ।दमक क्याम्पस गुणस्तरीय शिक्षामा पुर्बमै कहलिएको स्थापित नाम हो ।हामी सरोकार वालाले बेलैमा नसोचे दमक क्याम्पस दिन दिनै धरासायी बन्ने छ ।त्यसैले बेलैमा सोचौ कि विद्यार्थीको संख्या घट्नुमा जबाफदेहिता को हो ? त्यहा भित्रका बिसंगती हरु छिटफुट रुपमा बाहिर न आएका हैनन त्यतिले मात्र विद्यार्थी भर्नामा गिरावट आउन्न ।अझै पनि त्यहा भित्रका समस्याहरु केलाएर दमक क्याम्पसलाई उन्नतिको बाटोमा लानका लागी सम्पूर्ण सरोकार वाला जुटौ ।तर समस्यालाइ उ+म= हामी भनेर गुम्नाम गराइयो भने अझ दमक क्याम्पसमा विद्यार्थी संख्या खस्कने छ ।बेलैमा समस्या सामधान नगरे एक दिन ज्वालामुखी बिस्फोटन हुन सक्छ त्यती खेर टाउकोमा हात लाउनु सिवाय हामी संग कुनै बिकल्प हुदैन।
दमक क्याम्पस हामी सबैको साझा सम्पती हो ।यस्लाइ फलाउनु फुलाउनु हामी सबैको कर्तव्य हो ।
#दमक_क्याम्पस
#भबिस्यको_चिन्ता
त्यसमा कमेन्ट गर्दै बुढाथोकीले यस्तो लेखेकाछन्-
विद्यार्थी घट्ने केही कारणहरु छन..... निवर्तमान संचालक समितिको रवैया ........ मिति २०७५ श्रावण १९ गतेको गोरखापत्र र २३ गते कान्तिपुर मा प्रकाशित समाचार ...... खोज्दै जनुहोस र बिगत ५ देखि को दमक क्याम्पसको सामाजिक लेखा परीक्षण गराउनु होस मित्र कमिकमजोरी र दोषी सबै थाहा हुन्छ।










