१६ माघ । नेपाल औषधि व्यवसायी संघ मेची अञ्चलको आसन्न अधिवेशनसँगै चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा संघको ११ औं अधिवेशन हुने निश्चित भएपछि औषधी ब्यवसायीबिच चुनावी चर्चा शुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेद्वारी घोषणा गर्न थालेका छन् । बिर्तामोडका औषधी व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा छन् । उनले औषधी व्यवसायीको हकहितका लागि आफु्ले उम्मेद्वारी दिन लागेको बताए । बराल बिर्तामोडका ओसिएन फर्माका सञ्चालक हुन् । २०४२ सालदेखि औषधि ब्यवसायीमा लागेका उनी २०५५ देखि ०५८ सम्म संघको अञ्चल समिति सचिव थिए । ०५८ देखि ०६१ सम्म प्रथम उपाध्यक्ष भएर उनले कुशल जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै ०६१ मा बराल कानुनी सल्लाहकारको रुपमा रहेका थिए । बरालले औषधि ब्यवसायलाई मर्यादित र ब्यवस्थित गर्न आफु लागि पर्ने प्रतिवद्धता जनाएका छन् । संघको अधिवेशनले १७ सदस्यीय नयाँ अञ्चल समिति चयन गर्नेछ । नयाँ समितिको कार्यकाल ३ बर्षे हुनेछ । मेची अञ्चलभर चारसय ५० औषधि व्यवसायी रहेका छन् । त्यस मध्ये चारसय २२ जना संघमा आवद्ध रहेको जनाइएको छ ।
बिर्तामोडका औषधि ब्यवसायि नरेन्द्र बरालको अध्यक्षमा दाबेदारी
सवाल नेपालसंवाददाताआइतबार, १४ माघ २०७३
बिर्तामोडका औषधि ब्यवसायि नरेन्द्र बरालको अध्यक्षमा दाबेदारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



