बिष्णुप्रसाद पोखरेल

दमक/प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले कार्यावाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएकाछन् । शुक्रबारदेखि नै कार्कीले मुख्यमन्त्रीले सम्पादन गर्दै आएका कामहरुको जिम्मेवारी लिएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश सरकार गठन भएपछि पहिलो पटक कार्यावाहक काकीलाइ दिएर मुख्यमन्त्री शेरधन राइ उपचारकाक लागि सिंगापुर गएपछि राईकै सिफारीसमा प्रदेश प्रमुखले कार्कीलाइ मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको जानकारी दिएकाहुन् ।

प्रदेश प्रमुख प्राध्यापक डा. गोबिन्दबहादुर तुम्बाहाङले कार्कीलाइ लिखित रुपमा जिम्मेवारी दिएको बुझिएको छ । राइ शुक्रबार उपचारका लागि सिंगापुर पुगेकाछन् ।

प्रदेश नं. १ का माननीय मुख्यमन्त्री श्री शेरधन राइ उपचारका सिलसिलामा बिदेश जानुहुने भएकाल उहाँको अनुपस्थितिमा उहाँको सिफारीस बमोजिम तपाइलाइ मुख्यमन्त्रीले सम्हाल्दै आउनु भएको दैनिक प्रशासनिक कार्य गर्न तोकिएको ब्यवहोरा अनुरोध छ,- तुम्बाहाङले पत्र दिदै उल्लेख गरेकाछन्