दमक/झापाको दमकको बजार छिर्ने सडक वान वे बनाउने कुरा हावादारी भएको छ । स्थानीय यातायात ब्यवस्थापन समिति र ट्राफिक लगायत सरोरकावालाहरु बसेर वान वे बनाउने घोषणा भएको थियो ।
श्रोतका अनुसार ट्राफिक प्रहरीले वान वे को बार्ड समेत बनाएको थियो । अन्त्यमा यो निर्णयबाट समिति पछि सरेको जनाईएको छ । समितिका अध्यक्ष प्रजापती सापकोटा सहित बिभिन्न वडाका वडाध्यक्षहरुको छलफलपछि यस्तो सहमति भएपनि कार्यन्वयनमा नआएको हो ।
दमकको जेसिज चोकबाट बजार छिर्ने सडक वान वे गर्ने र ट्रिपर सञ्चालनमा कडाइ गर्ने भनिएपनि दुइवटै कुरा तुहिएको छ । अहिले दमक र आसपासमा ट्रिपर आंतक छ ।










