दमक/दमक नगरपालिकाले तिहारको समयमा देउसी भैलो खेल्नेलाइ अधिकतम १ सय ५१ रुपिया भन्दा बढि दक्षिणा नदिन सार्वजनिक सूचना गरेको छ । चाडपर्वहरु भड्किलो बन्दै गएको बताइएका बेला नगरपालिकाले सार्वजनिक सूचना गरेको हो ।
देउसी भैलोमा र दानदक्षिणा गर्दा १ सय ५१ रुपिया भन्दा बढि नगर्न नगरपालिकाले आग्रह गरेको पाईएको हो । यसको पक्ष र बिपक्षमा सामाजिक सञ्जालमा बहस शुरु भएको छ ।











