दमक/मोरङ प्रहरीले जुवातासमा कडाइ गरेपछि जुवाडेहरु दमकमा भेला भएर तास तथा जुवा खेल्न थालेको बताईएको छ । मोरङमा प्रहरीले नीजि सवारी साधन प्रयोग गरेर सम्भावित जुवाडेस्थलहरुमा निगरानी बढाएपछि सुरक्षित स्थलको रुपमा दमकलाइ लिएर यहाँ खेलहरु हुने गरेको सम्बद्ध श्रोतको भनाइ रहेको छ ।

कानेपोखरी गाउँपालिका १ स्थित होक्लाबारीको गाउँमा जुवा खेल्दाखेल्दै प्रहरीले घरधनीसहित १० जना जुवाडेलाई केही दिन अगाडि पक्राउ गरेको थियो। मोरङ प्रहरीलाई पेशेवर जुवाडेहरू गाउँबस्तीमा डेरा जमाएर जुवा खेलेको विशेष सूचना आएपछि डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा गएको टोलीले १० जना जुवाडेलाई पक्राउ गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि पेशेवर जुवाडेहरु दमकतर्फ आएको जनाइको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जुवाजन्य गतिविधि खेल्नेलाई धमाधम पक्राउ गर्न थालेपछि जुवाडे भागाभाग भएको बताए।

मोरङ प्रहरीले एक साताको अवधिमा मोरङको विभिन्न स्थानमा जुवा खेल्ने दुई दर्जन बढी जुवाडेलाई पक्राउ गरेको थियो । दमकमा भने प्रहरीले यस बिषयमा चासो नदिदा दमक सुरक्षित स्थल बन्दै गएको आरोप लाग्दै आएको छ । । यस बिषयमा सामाजिक सञ्जालमा समेत चर्को रुपमा आवाज उठ्दै आएको छ ।