दमक/तिहार पर्व शुरु भएसंगै दमक सहित झापामा पटका आंतक भएको छ । प्रहरीले ठुलो परिमाणमा पटकाहरु पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरेको बताएपनि बजारमा पसलहरुमा खुलमखुल्ला रुपमा पटकाहरु पाइने गरेपछि आंतक सिर्जना भएको हो ।

साँझदेखि मध्यरातीसम्म पटकाहरु पट्काउदा बालबालिका, जेष्ठ नागरिक, बिरामी लगायत सबै पीडित बनेकाछन् । दमक ६ की मिनमाया निरौलाले भनिन्, राती छोरो पटकाको आवाजले तर्सेर उठेको रातभर सुत्न सकेन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकका पसलहरुमा खुलमखुल्ला रुपमा पटकाहरु पाइने गरेको । यहाँमात्र नभएर झापा जिल्लाभर नै पसलहरुमा पटकामा कडाइ गरीएको छैन । भन्सारमा कडाइ गरीएको बताइएपनि बजार तथा पसलहरुमा बिक्री बितरणमा कडाइ नगर्दा पटका आंतक सिर्जना भएको जनाइन्छ ।

रोक्ने जिम्मेवारी ?

स्थानीय सरकार, प्रहरी प्रशासनले पटका र पटकाजन्य पदार्थ रोक्नु पर्ने हो । तर यसको प्रयास भएको पाइदैन । नागरिक आफै पनि यसमा सचेत बन्नु पर्ने हो । यसमा आफ्नो गाँउठाँउका मानिसहरु नै प्रभावित बन्छन् र धनको समेत नास हुन्छ भन्ने बुझे पनि यस्तो आंतक नहुने ख्यामराज आचार्य बताउछन् । यो रोक्नु पर्ने दायित्व सबैको हो, आचार्यले भने ।