काठमाडौं- उपचारार्थ अस्पताल भर्ना भएर हालै मात्र सरकारी निवास वालुवाटार फर्केका प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन अर्थात् भाइटीकाका दिन साह्रै प्रफुल्ल देखिए।

बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट टीका ग्रहण गर्दैगर्दा उनले आफू स्वस्थ्य र खुशी रहेको बताएका थिए। ‘उहाँले म कमजोर छु भनेर सोच्नुभएको छैन’ प्रधानमन्त्री ओली निकट वालुवाटार स्रोतले  भन्यो, ‘पूर्ववत शैलीमा हाँसो ठट्टा गर्दै उहाँले टीका ग्रहण गर्नुभयो।’ नेपाल लाइभ