दमक/झापाको दमकमा भोली आइतवार स्थानीय सरकारको रुपमा दमक नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सार्वजनिक बिदा भएकाले नगरपालिका सहित सम्पुर्ण कार्यालयहरु बन्द रहने जनाइन्छ ।

महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा नगरपालिकाले पहिलो नगरसभाबाट फाल्गुनन्द जयन्तीमा प्रत्येक बर्ष नगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अघिल्लो पटक शनिबार परेकाले यसको कार्यन्वयन भएको थिएन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय बिभुती समेत रहेका फाल्गुनन्दले समाज सुधारका लागि चालेको अभियानको सम्झनामा उनको जन्मजयन्ती भब्य रुपमा मनाइन्छ । दमकबाट रबी जोड्ने सडकको नाम समेत उनको सम्झनामा फाल्गुनन्द नामरकण भइसकेको छ ।

१३४अौं जन्मजयन्ती समारोह बनाएर पुर्वी नेपालमा भब्यताका साथ फाल्गुनन्दको जन्मजयन्ती मनाउने गरिन्छ । सरकारका उच्च तहका अधिकारी तथा नेताहरु सहभागि हुने गरेकाछन् ।