दमक/झापाको दमकस्थित रतुवा खोलाको किनारमा छठ पर्वका लागि आवश्यक तयारी तिब्र बनाईएको छ । घाट बनाउने काम तिब्र रुपमा अघि बढेको पाईएको हो ।
मैथिली सेवा समाज दमकका सचिब बिक्रमकुमार शाहका अनुसार करिब ५ सय घाटहरु यहाँ बन्नेछन् । यसको तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्येक बर्ष समाजले सहजीकरण गर्दै आएको उनले जनाए ।
सास्कृतीक कार्यक्रम सहित छठ पुजाका लागि आवश्यक तयारी पुरा भएको जनाउदै सुरक्षाको बिषयमा समेत सरोकारवाला निकायहरुसंग समन्वय भइरहेको उनले जानकारी दिएकाछन् । सुरक्षा ब्यवस्था कडा पार्न आग्रह गरिएको उनले बताए ।
यसैगरी झापाको रतुवाका साथै कमल खोला, गेउरीया खोला लगायतको क्षेत्रमा समेत घाट ब्यवस्थापन गर्ने काम भइरहेको पाईएको छ । पछिल्लो समयमा छैठ पर्वलाइ साझा पर्वको रुपमा सबै समुदायले मान्न थालेको समेत पाइन्छ ।










