बिष्णुप्रसाद पोखरेल
दमक/प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिब इन्द्र भण्डारी नियुक्त भएकाछन् । बालुवाटार उच्च श्रोतका अनुसार भण्डारी प्रमुख स्वकिय सचिब नियुक्त भएकाहुन् । उनि यसभन्दा अघि ओली प्रधानमन्त्री हुदा पनि प्रमुख स्वकीय सचिब रहेका थिए ।
दमक निवासी भण्डारी लामो समयदेखि ओलीको सहयोगीको रुपमा कार्यरत रहदै आएका ब्याक्ति हुन् । ओलीको सचिवालयले पुर्णता नपाउदा काम अघि बढ्न नसकेको गुनासो आइरहदा भण्डारीको नियुक्ती भएको हो ।
यद्यपी यसको औपचारिक पुष्टि भने हुन बाँकी रहेको छ । आजै भण्डारीले नियुक्ती पत्र पाउने बुझिएको छ । अहिले पनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको जनाइन्छ । बारम्बार रुपमा सचिवालय हेरफेरको तयारी भइरहेको जनाइदै आएको थियो ।










