एजेन्सी । साच्चै महिलालाई मायाकी दयाकी खानी भनेर यसै भनिएको होईन । कहिले काही यही कमलो मनको कारण नै महिलाहरुलाई कम्जोर पनि मानिने गर्छ । तथापी महिलाहरुमा हुने माया , सहनशीलता र इमान्दारीता भने संसारकै ठुलो शक्ति मानिन्छ । यस्तै दयाकी खानी बनिन् एक जना एयर होस्टेस । विमान यात्राको क्रममा रोईरहेको एक बच्चालाई आफनो स्तनपान गराएर ती एयर होस्टेसले यतिबेला चौतर्फी प्रशंसा बटुलिरहेकीछिन् । २४ वर्षीया पत्रिशा ओर्गानोले विमानमा सवार एक महिलाको बच्चालाई आफनो दुध खुवाएकी हुन् । आमासंग रहेको पाउडर दुध सकिएको कारण बच्चा भोकले निकै रोईरहेको थियो केही माध्यम नभएपछि पत्रिशा आफै दुध खुवाउँन अघि सरिन ।

पत्रिशाले यो घटना फेसबुकमा पनि सेयर गरिन् । उनलाई मानिसहरुले ‘हिरो’ बताएका छन् । मनिलाकी पत्रिशा आफै पनि जेद नामकी नौ महिने छोरीकी आमा हुन् । उनले भनिन्, ‘एयरलाइन्ससँग पनि बच्चालाई दुध दिलाउने कुनै व्यवस्था थिएन । वरिपरि बसेका यात्री बच्चा रोएपछि तनावमा देखिए । त्यो देखेर म निकै दुःखी भएँ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि मैले विमानका अधिकारी शेरिलको मद्दतले बच्चालाई फिडिङ एरियामा लगेर दुध खुवाएँ ।’ दुध खुवाएपछि ती शिशु सुतिन् भने बच्चाको आमालाई सहयोग गर्न पाउँदा आफु निकै खुसी रहेको उनले बताएकीछिन् । यतिबेला यो तस्बिर निकै भाईरल भईरहेको छ भने उनको प्रशंसा पनि भईरहेको छ । आफनो एयर होस्टेस करियरमा इभ्यालुएटर पदका लागि परिक्षा दिईरहेकी उनलाई एयरलाइन्सले पनि प्रमोसन दिएको छ । एयरलाइन्सले उनलाई उक्त पदका लागि छनोट गरेको छ । एजेन्सीको सहयोगमा