सवालनेपाल डेक्स
दमक/राप्रपाका महामन्त्री एवम् सांसद राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाएरै छाड्ने दाबी गरेकाछन् । उनले हिन्दु राज्य समेत बन्ने जनाए । संबिधानको ब्यवस्था अनुसार नै आफुहरु राजसंस्थालाइ पुर्नास्थापना गर्ने उनले ठोकुवा गरे । राजसंस्थाको मुद्धा अहिलेसम्म मरेको छैन र मर्नेछैन, लिङ्देनले भने ।
नेपाली जनताको भावाना र मर्म बिपरीत राजतन्त्र फ्याकिएको जनाउदै राजा सहितको प्रजातन्त्र स्थापना हिजो आफुहरुले उठाएको माग अहिले पनि कायम रहेको भन्दै लिङ्देनले आफुले संसदमा समेत यो बिषय उठाउने बताए । जनताले राजतन्त्रको आवश्यकता र औचित्य प्रमाणि भएको उनले जनाए । ।
एक टेलिभिजन अन्तरबर्तामा उनले यस्तो जनाएका हुन् । हिन्दु राष्ट्र र हामी जिउदै हुदा राजतन्त्र फर्काउछौ, उनले भने । उनले अन्तरबार्ता लिने पत्रकार ऋषि धमलालाई समेत उल्टै धर्काएकाछन् । जनतालाइ फ्यालेको फ्यालेको भनेर यति तल झरेर किन भन्नुहुन्छ हँ भन्दै उनले धमलालाइ उल्टै प्रश्न गरे । उनले कुन जनताले राजतन्त्र हटाएको भन्दै आक्रोश पनि पोखे ।










