दमक/इलाका प्रहरी कार्यालय दमकमा आज शुक्रबार केहिबेर तनाव सिर्जना भएको छ । एक युवतीलाइ विवाहको प्रलोभन देखाएर फुलमाला समेत गरेर अहिले विवाह गर्न अस्वीकार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि छलफलको क्रममा तनाव भएको हो ।

दमकका पुष्प भण्डारीले एक युवतीलाइ गत असारमा फुलमाला गरेको र अहिले आएर विवाह गर्न नसक्ने बताएपछि युवतीपक्षधरहरुले इलाका प्रहरी कार्यालय परिसरमा आक्रोश पोखेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छलफलमा भण्डारीमाथि हातपात प्रयास भएपछि तनाव सिर्जना भएको बताइन्छ । प्रहरीले भण्डारीलाइ नियण्त्रणमा लिएर राखेको छ । दमक नगरपालिका उपप्रमुख गीता अधिकारी सहित वडाध्यक्ष र जनप्रतिनिधिहरु समेत प्रहरी कार्यालयमा आएका थिए ।