दमक/धार्मिक परम्परा अनुसार फुलमाला गरेपछि विवाहको ग्यारेन्टिको रुपमा लिइन्छ । यसपछि विवाह गर्न राजी भएका केटा र केटीबीच एक प्रकारको बन्धन बाधिएको धार्मिक मान्यता रहेको छ ।

झापाको दमकमा फुलमाला गरेपछि एक युवाले विवाह गर्न अस्वीकार गरेको बिषयले अहिले चर्चा पाएको छ । यो मुद्धा इलाका प्रहरी कार्यालय दमकमा समेत आएको जनाइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकका पुष्प भण्डारीले दमककै एक युवतीसंग गत असारमा फुलमाला गरेका थिए । उनले केहि दिन अघि विवाह गर्न नसक्ने र आफु अर्कैसंग रिलेसनसिपमा रहेको बताएपछि आफुहरु अन्यायमा परेको भन्दै युवतीका आफन्त प्रहरीसम्म आइपुगेको पाइएको हो ।

शुक्रबार इलाका प्रहरी कार्यालय परिसरमा केटा र केटीपक्षबीच छलफलमा तनावपुर्ण अवस्था नै सिर्जना भएको छ । फुलमाला गरिसकेपछि विवाह गर्न नमान्नु सामाजिक अपराध भएको भन्दै केटालाइ कडा कार्वाही हुनु पर्ने माग उठेको छ ।

फुलमाला गरेपनि विवाह गर्न नसक्ने बताएका  भण्डारलाइ आक्रोशित समुहले प्रहरी कार्यालयभित्र नै हातपात गर्न खोजेपछि यसले तनावपुर्ण अवस्था ल्याएको बताइन्छ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरुले यस बिषयमा दुबै परिवारलाइ राखेर समझदारी गर्नका लागि पहल गरेपनि शुक्रबार समझदारी हुन नसकेको प्रहरी श्रोतले बतायो ।

पीडित युवती पक्षधरले सामाजिक न्यायका लागि भन्दै प्रहरी कार्यालयमा निवेदन दिएपछि छलफल गराउने प्रयास गरेको प्रहरी श्रोतको भनाइ छ ।