दमक/प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिब इन्द्र भण्डारीले आफुलाइ जिम्मेवारी प्रदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिब कृतज्ञता ब्यक्त गर्दै बधाइ तथा शुभकामना दिनेहरुप्रति आभार प्रकट गरेकाछन् ।
लामो समयदेखि ओलीको सहयोगीको रुपमा काम गर्दैै आएका दमकका स्थायी बासिन्दा उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आभार प्रकट गरकाहुन् । उनले यस्तो लेखेकाछन् स्टाटस-
मलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमा हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछु । मैले यो जिम्मेवारी प्राप्त गरेपछि वधाई तथा शुभकामना दिंदै शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण मित्रहरुप्रति आभार व्यक्त गर्दछु । प्राप्त जिम्मेवारी पूरा गर्न बुद्धि, विवेक र सम्पूर्ण सामर्थ्य प्रयोग गर्दै इमानदारीपूर्वक लाग्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।











