नेपाल टाइगर साप्ताहिकको २७ औ बार्सिकोत्स्व तथा अभिनन्दन कार्यक्रम अपेक्षित रूपमा सफल भयो , कार्यक्रमका प्रमुख अतिथी पुर्ब मन्त्री मण्डलका अध्यक्ष तथा पुर्ब प्रधान न्यायाधीश आदरणीय खिलराज रेग्मी ,अतिथि पुर्ब मन्त्री कमल चौलागाईं ,पुर्ब मन्त्री तथा साहित्यकार समाजसेवी भद्र कुमारी घले, डा.निरन्जन्मान सिह बस्नेत पुर्ब राजदुत ,साहित्यकार डा. खेमबन्धु कोइराला ,प्रा.डा. सुरेन्द्र के.सि राजनीति बिस्लेसक , डा. प्रेम सिह बस्नेत सैन्यबिद ,डा. अर्जुन भट्ट र साहित्यकार लक्ष्मी उप्रेती हुनुहुन्थ्यो ।

कार्यक्रममा १० जना समाजसेवी र अग्रज श्रस्टाहरुको सम्मान गरिएको थियो । जस्मा दिब्यध्वज कार्की ,डाक्टर विश्व राज जोशी ,भोलामान सिह बस्नेत,सबिता बराल ,हेमन्त कुमार कार्की, इ. बिन्देस्वर यादव , समाजसेवी पशुपति गुरुङ ,खडक कुमार बिष्ट , इ. रेवन्त कुमार बस्नेत र के. बि खत्री हुनुहुन्थ्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा सहयोगि समाजसेवीहरुलाइ मायाको चिनो पनि दिइएको थियोे । कार्यक्रममा स्वागत भासण स्मारिका समितिका सम्योजक सागर पाण्डेले गर्नुभएको थियो भने संचालन प्रकाश समिरले गर्नुभएको थियो , कार्यक्रमको अध्यक्षता नेपाल टाइगरका प्रधान सम्पादक मधु बस्नेतले गर्नु भएको थियो भने ब्याज वितरण तथा अतिथी सम्मान कमला बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा लगभग १७० जनाको उपस्थिति थियो ।