दमककी एक बालिकालाइ १३ बर्षको उमेरमा २८ बर्षिय युवकले गर्भ बोकाएपछि....
दमक/झापा दमककी एक १३ बर्षिया बालिकालाइ गर्भ बोकाएपछि कमल गाँउपालिकाका एक युवक पक्राउ परेकाछन् । दमक १ की एक बालिकालाइ मावल जाने क्रममा भेटघाट भएपछि ५ महिना अघिदेखि शारिरिक सम्बन्ध राख्ने क्रममा ति बालिका गर्भवती भएको बताइएको छ ।
बिपन्न परिवारकी बालिकालाइ ललाइफकाइ करणी गरेको बालिकाको परिवारले जनाएको छ । २८ बर्षिय सञ्जिब राइलाइ प्रहरीले पक्राउ गरेको छ । बालिकाको पेटमा राइको ५ महिनाको बच्चा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि सोमबार मेची अञ्चल अस्पताल लगिएको समेत बताइन्छ ।










