युवा ब्यवसायी बिमल खतिवडा

दमक/जतिखेर उनी साईकलको पम्चर टाल्ने गर्दथे त्यो सम्झना अहिले पनि उनको मानस्पटलमा ताजै रहेको छ । ति क्षणहरु उनी अहिले पनि सम्झि रहन्छन् । दमक र आसपासका क्षेत्रका साईकल पम्चर टाल्ने एकमात्र ठाउ ‘खतिवडा’को भनेर सबैले चिन्दथे । दाजुले खोलेको पम्चर टाल्ने केन्द्रमा पम्चर टालेर रहेको समयमा उनी कराते सिक्थे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हातमा कालो हुन्थ्यो र आएर साथीलाई छुन खोज्दा साथीहरु तर्कन्थे । तर उनले पम्चर टाल्ने र कराते सिक्ने कामलाई रोकेनन् । ‘ब्लाक बेल्ट’ पनि पाए । थुप्रै प्रतियोगिताहरुमा सामेल पनि भए । दमक ६ का बिमल खतिवडाले अहिले ति दिनहरु सपना जस्तो लागे पनि वास्तबिक रहेको थियो । उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष (अहिले बाणिज्य संघका अध्यक्षका उम्मेदवार)उनी अहिले दमकमा एक सफल युवा ब्यवसायिको रुपमा स्थापित नाम बनेको छ ।

खतिवडाले २०४३ सालतिर देखि साइकल पम्चर टाल्ने काम गरेका हुन् । जूनकाम बर्षौसम्म गरे । पछि त्यहि साईकल टाल्ने ठाउ साईकल बिक्री गर्ने जनता साईकल स्टोर बन्यो । दाजु बेदनिधि खतिवडा बाट उनले यसरी नै ब्यवसायिक बन्न सिके । २०५७ साल देखि उनी आफैले ब्यवसायिक करियर शुरु गरे । २०५७ साल देखि वेस्टन युनियन मार्फत रेमिट्यान्सको काम शुरु गरे । दमकको मेची सहकारी संस्थाबाट ३ लाख ५० हजार ऋण लिएका थिए त्यतिखेर ।

दूई बर्ष त उनको ब्यवसायले खास प्रगति गर्न सकेन । उनी निरास बनेन् र निरन्तर यसैमा लागिरहे । उनी भन्छन्–त्यसपछि मैले पछाडि फर्कनु परेन र लगातर २ बर्ष नेपालमा नै सबैभन्दा राम्रो कारोबार गर्ने रेमिट्यान्सको रुपमा आफूलाई स्थापित गराए । अहिले पनि उनको रेमिट्यान्स नेपालमा नै ‘टपटेन’मा नै रहेको छ । उनले संगै जनता संचार सेवा पनि चलाएका थिए ।

अहिले उनले थुपै ब्यपार गर्दै आएका छन् । उनलाइ बिगतको जस्तो समस्या छैन । ब्यवसायीक क्षेत्रमा राम्रै संग जमेकाछन् । ईलोक्ट्रोनिक्स ब्यवसयमा पनि उत्तिकै जमेका छन् । सामसुङ, बजाज र हिमस्टारको आधिकारीक बिक्रेता रहेका उनी सामाजिक काममा समेत सक्रीयता जनाउदै आएका छन् । भर्खरै जनता मिनिमार्ट समेत सञ्चालनमा ल्याएकाछन् ।

ब्यपार ब्यवसायसंगै सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दै आएका खतिवडा आफूले काम गर्दा कहिल्यै निरास नबनेकाले अहिलेको घडिसम्म आइपुगेको ठान्छन् । पुराना संघर्षका दिनहरुलाई आत्मसाथ गरेर ईमान्दारिताका साथ काम गरेकाले नै सबैले बिश्वास गरेर आफूलाई दमक उद्योग बाणिज्य संघमा राम्रो पाएको उनको ठम्याई रहेको छ ।

दमकका ब्यापारीहरुको दुखसुखमा साथ दिने र अगुवा भएर हिड्ने सोच उनमा रहेको छ भने संगै सामाजिक करियर बनाउन पनि चाहान्छन् । उनि दमक उद्योग बाणिज्य संघको आगामि नेतृत्वका लागि प्रमुख दाबेदार हुन् ।

उनि न्यू जागृह सहकारी संस्थाका अध्यक्ष पनि हुन् । उनले आफुले नेतृत्व गरेको सहकारीलाइ समेत राम्रो संग अघि बढाएकाछन् । सहकारीकर्मीको रुपमा समेत उनको परिचयछ । उनि लायन्सकर्मी पनि हुन् । लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टमा रहेकाछन् । रोटरी क्लव अफ दमकमा पनि सक्रिय रहेकाछन् । रोटरीयनको रुपमा पनि उनको परिचय रहेको छ ।

उनी भन्छन्–मानिस सामाजिक प्राणि भएकाले केही न केही समाजका लागि योगदान दिनु पर्छ । अहिले पनि आफू संघर्ष गरिरहेको बताउदै सबैको साथ रहनेमा बिश्वास समेत राख्दछन् ।

-हेर्नुहोस भिडियो :