बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक नगरपालिकाले दमक १ हिमालय बनसंग जोडिने गरी त्रिवेणीघाट बनाउनका लागि प्रारम्भिक चरणको डिपिआर तयार गरिएको छ । प्रारम्भिक चरणको डिपिआर तयार भइसकेको र छलफलपछि यसलाइ आवश्यक सुझावहरुलाइ समावेश गरेर अन्तिम रुप दिइन लागिएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनु भयो ।
दमकमा लामो समयदेखि ब्यवस्थित आर्यघाट बनाउन पहल भएपनि त्यो हुन नसकेको जनाउदै आर्यघाट सहितको त्रिवेणीघाट बनाउन लागिएको बताइन्छ । रतुवा, चान्जु र स्थानीय खोल्सिको संगमस्थललाइ आधार बनाएर करिब ६ बिगाह क्षेत्रफलमा पर्यटकीय स्वरुपमा त्रिबेणी घाट बनाउनका लागि यो आर्थिक बर्षका लागि नगरपालिकासंग ५० लाख रुपिया रहेको जनाईएको छ ।
दमकमा मृत्युसंस्कारका लागि आर्यघाट तथा क्रियापुत्री घर निर्माणको बिषय लामो समयदेखि उठ्दै आएको थियो । यसका लागि नन्दिप्रसाद अधिकारीको संयोजकत्वमा समिति समेत बनेको थियो । समितिको पहलमा नै ४० लाख रुपिया जुटाइएको र नगरपालिकाले १० लाख रुपिया समेत बिनियोजन गरेकाले ५० लाख रुपियाले यो बर्ष काम शुरु गर्न लागिएको अधिकारीले जनाउनु भएको छ ।
आर्यघाटमा गएमा मलामी तथा आफन्तजनको रोएको मनलाइ सान्तवना मिल्ने किसिमको वातवरण तयार पार्ने खालको त्रिवेणी घाट बनाउन लागिएको अधिकारीको भनाइ रहेको छ । फुलवारी एवं बगैचा, मठमन्दिर, बिभिन्न प्रकारका धाराहरु, पानीको फोहोरा, पोखरी लगायतका पुर्वधार बनाइने उहाँले जनाउनु भयो । त्रिवेणीघाट आउदा एउटा फरक किसिमको पर्यटकीयस्थलजस्तो आभास हुनेछ, अधिकारीको भनाइ छ ।
भिआइपीहरुको दाह संस्कार गर्दा सलामीदिने स्थल एवं क्रियापुत्री घर समेत बनाइने अधिकारीले बताउनु भयो । करिब ११ करोड रुपिया लाग्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ र ५ बर्षभित्रमा निर्माण सम्पन्न गर्ने छौ, अधिकारीले भन्नुभयो । जनसहभागितामा नै यो बनाइने जनाउदै उहाँले यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोग रहने विश्वास लिइएको उहाँ बताउनु हुन्छ ।
दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बिरक्तिएको मनलाइ राहत मिल्ने गरी धाम बनाउन आफुहरुको कोसिस रहने बताउनु भयो । कतिपय ठाँउहरुमा आर्यघाटनलाइ यसरी धाम बनाइएको पाईएको जनाउदै दमकमा पनि आफुहरुले परिकल्पना गरेर डिपिआर बनाइएको जनाउनु भयो ।
दाहसंस्कार स्थल बनाउनु अनिवार्य आवश्यकता देखिएकाले यसलाइ धामको रुपमा बनाउदा उपयुक्त हुने ठानेर नगरपालिकाले त्यसै अनुसार काम अघि बढाएको ओलीको भनाई छ । दमकमा मृत्युसंस्कारलागि घाट नहुदा अहिले पनि दमकबाट २२ देखि ३० किलोमिटर टाढा कन्काइमा जानु पर्ने अवस्थाछ, यसको अन्त्य गर्न यो आवश्यक छ, ओलीको भनाइ छ ।
यसको डिजाइन तथा आकर्षक स्वरुप दमकका अर्किटेक पारस खड्काले तयार पार्नु भएको हो । जसले दमकमा नै Studio CUBOID सञ्चालन गरिरहेकाछन् । निक्कै मिहिनेतपछि यो बनेको छ, खड्काले भन्नुभयो । उहाँले यसको प्रारम्भिक भिडियो समेत बनाउनु भएको छ ।










