दमक/झापा दमकका राजनीतिक तथा सामाजिक अगुवा राम थापाको नाम यस क्षेत्रका बासिन्दाका लागि नौलो छैन । उनि एक संघर्षशिल राजनीतिकर्मी तथा सामाजिक अगुवा हुन् ।
उनि प्रायजस्तो हुने संसदीय निर्वाचन तथा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेकाछन् र उपबिजेताका रुपमा रहने गरेकाछन् । संसदीय निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीसंगहोस् या स्थानीय तहको निर्वाचनमा रोमनाथ ओलीसंग नै किन नहोस उनि दोस्रो नै बने ।
उनको पहिलो बन्ने आँकाक्षा र चाहाना पुरा भएको छैन । तर यो चाहाना एकदिन पुरा हुने भन्ने आशमा रहेकाछन् । उनले निर्वाचनको समयमा आफ्नो अन्तिम अवसर भन्दै भोट मागेका थिए । अहिले उनले बाटो हिड्दा अब चाहि के गर्ने ? भनेर सोध्ने गरेकाछन् ।
यसैक्रममा सवाल नेपालले पनि उनलाइ सोधेको थियो । अब चाहि के गर्ने ? उनको सरल जवाफ रहेको थियो, राजनीति गर्ने मान्छेले के गर्छ आफै भन्नुहोस, जबसम्म आफ्नो उदेश्यमा पुग्दैन तब सम्म लड्छ ।
नगरबासीको सेवा गर्ने अझै पनि धोको रहेको भन्दै आफु नगर प्रमुख उम्मेदवार बन्ने बताए । अझै झण्डै साढे ३ बर्ष बाँकी छ तर उनि यसका लागि अहिले देखि नै लागि परेकाछन् । मेरो धोको भनेको नै नगरको नेतृत्व गर्ने हो, उनले भने । म थाकेको छैन र राजनीति गर्ने मान्छे कहिल्यै पनि थाक्दैन, उनको भनाइ छ ।










