किसोर श्रेष्ठ

उर्लाबारी, मंसिर ४ । मोरङको उर्लाबारी नगरपालिका ७ मा मंगलबार दिउँसो भिषण आगलागी भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उर्लाबारी पशुपति रोडमा रहेको भक्तिराम अधिकारीको पसल छेउमा आगलागी भएको हो । करिब पौने २ बजेतिर एउटा किराना पसलबाट आगलागी शुरु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी नियन्त्रणका लागी दमक, विर्तामोड, इटहरी लगायतका नगरपालिकाहरुबाट दमकलको सहायता लिइएको थियो । नेपाल प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । ७ ओटा दमकलको निरन्तरको प्रयासबाट आगो नियन्त्रणमा ल्याउन सफल भएको उर्लाबारी प्रहरी प्रमुख रामप्रसाद तिम्सिनाले जानकारी दिएका छन् ।

लामोसमय आगलागी भए पनि उर्लाबारीमा दमकल नहुँदा आगलागी नियन्त्रणमा आउन समस्या भएको र क्षती बढेको प्रति स्थानीयले आक्रोश पोखेका छन् । आगलागीका कारण करोडौँका सामान जलेर नष्ट भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।