चाडबाडको कारण लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन आज शुक्रबारदेखि खुल्ने भएको छ।

लामो अवधिपछि आवेदन खुल्ने भएकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा समेत सचेत भएर काम गरिएको विभागले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

‘हाम्रा यातायात कार्यालयहरुमा सर्भरमा सामान्य समस्या आउँदा समेत काम रोकिने अवस्था थियो। यो समस्या हटाउन कर्मचारीहरुलाई तालिम दिएका छौँ’ उपाध्यायले सेतोपाटीसँग भने।

यातायात व्यवस्था विभागले चाडपर्वको विदालाई मध्यनजर गर्दै सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो। नयाँ ट्रायल र फारम नखुलेपनि रिट्रायल भने दशैंलगत्तै सुचारु गरिएको थियो। करिब ७० हजार लाइसेन्स छापियो

सवारी चालक अनुमति पत्रको लागि सबै प्रकृया पुर्याएका करिव ६ लाख चालकले भने अझै लाइसेन्स पाउन सकेका छैनन्।

विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको थियो। आफूहरुले हालसम्म करिव ७० हजार भन्दा धेरै लाइसेन्स छापिसकेको र विभागलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए।

‘छापिएको लाइसेन्स विभागलाई जिम्मा लगाउन सबै तयारी गरिसकेका छौँ’ ढकालले सेतोपाटीसँग भने ‘कसरी बुझाउने–कसलाई बुझाउने आदी अन्यौलको कारण केही ढिलो भएको हो।’

आफुहरुको दैनिक २० हजार लाइसेन्स छाप्ने क्षमता भएपनि त्यो रफ्तारमा काम हुन नसकेको ढकालले बताए। ‘हामीलाई विभागबाट प्राप्त डाटा मध्ये ५० प्रतिशत मात्रै डाटा सही आउँछ बाकीँ इरर हुन्छ, विभागले त्यो समस्या हटाउने प्रयास गर्दै छ’ उनले भने। त्यो समस्या हट्नेवित्तिकै छपाई बढ्ने उनले बताए।

लाइसेन्सको आवेदन फर्म भर्न यो लिंक क्लिक गर्नुहोस् 

http://202.45.144.104/Nepal_DLReg/homepage_