दमक/अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले अब आफु स्वत ः अध्यक्षको प्रमुख दाबेदार रहेको बताएकाछन् । नेकपााको पाटी र जनबिर्गिय संगठनको एकता चाडै हुने विश्वास राख्दै उनले अब दोहोरो जिम्मेवारी कसैलाइ नदिने भनिएकाले आफु अध्यक्ष हुने बताएकाहुन् ।
अनेरास्वबियूकी अध्यक्ष नबिना लामा साँसद रहेकाले तामाङ स्वत अध्यक्ष हुने दाबी गरिदै आएको छ । नाम अनेरास्वबियू राख्ने सहमति भइसकेको पनि उनले बताए । दमकस्थित संगम स्वीट्समा पत्रकारहरुसंग कुरा गदै उनले भने, अब भनिरहनु पर्ने अवस्था नै छैन, दोहोरो जिम्मेवारी पार्टीमा कसैलाइ नदिइने भनेपछि नेतृत्वको बिषयमा बिबाद हुन्न ।
अन्य जनबर्गीय संगठन तथा पार्टीभित्र जस्तो बिद्यार्थी संगठनमा बिबाद नरहेको बताइन्छ । स्वबियु निर्वाचनको समय आउन लागेकाले नेतृत्व चाडो टुंगिनु पर्नेमा बिद्यार्थी नेताहरुको जोड रहदै आएको छ । आउदो फागुनको दोस्रोसाता स्वबियू निर्वाचन गर्न बिद्यार्थी संगठनहरु तयार रहेको तामाङले बताएकाछन् ।










