बिष्णुप्रसाद पोखरेल
दमक/झापाको एक गाँउपालिकाले गाइ र भैसीलाइ सुत्केरी भत्ता बितरण गर्ने भएको छ । किसानहरुलाइ लक्षित गरेर यो कार्यक्रम हवल्दिबारी गाँउपालिकाले ल्याएको हो । गाँउपालिका उपाध्यक्ष डम्बर गिरीका अनुसार कृषिको सम्बृद्धिका लागि किसान खुसि हुनु पर्ने बताउदै यो शुरुवात भएको बताए ।
‘किसानको खुशी, पशुपालन र कृषि’ भन्ने मुल नारालाइ सार्थक बनाउनका लागि नश्ल सुधार कार्यक्रममा सहभागि किसानका गाइभैसीले यो सुबिधा पाउने जनाईएको छ । यसले किसानलाइ प्रोत्साहन हुनेछ, गिरीले भने ।
कार्यकारी अधिकृत सन्तोस घिमिरेले यस सम्बन्धि कार्यबिधि बनाइएको र किसानले आएर सिधै रकम लैजान सक्ने बताए । यो किसानहरुका लागि प्रोत्साहन हो, उनले थपे ।
गाउँपालिकाले यस वर्ष कृतिम गर्भाधान गरेकामध्ये ४ सय वटा गाई–भैंसीलाई सुत्केरी भत्ता वितरणको लक्ष्य राखेको गाँउपालिका अध्यक्ष रबिन्द्र लिंगदेनले बताए ।
गाँउपालिकाले कृषि र महिला विकासबीच अन्तर सम्बन्ध स्थापित गर्न ‘हल्दिबारीका महिला, विकासमा पहिला’ अभियानको तय गरि महिलाहरुको नेतृत्व विकास गर्ने थलोको रुपमा महिलाहरु मात्रको प्रतिनिधित्व हुने गरि २७ स्थानमा टोल विकास संस्था गठन गरी र सोही संस्था मार्फत ‘किसानको खुशी, पशुपालन र कृषि कार्यक्रम’ संचालन गर्न शुरु गरिएको पाईएको छ ।










