बिष्ष्णुप्रसाद पोखरेल दमक । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा दमकमा सञ्चालित रहेको रक्तसञ्चार युनिटलाइ रगत परीक्षणमा सहजहोस भनेर एक संस्थाले ‘म्याट्रिक जेल सिस्टम’ नामक उपकरण प्रदान गरेको छ । यसबाट रक्तसमुह, परीक्षण, रगतको क्रसचेक, ग्रुपिङ,कुम्स टेष्ट लगायतका बिभिन्न अत्यआवश्यकीय परीक्षणमा सहयोग पुग्ने जनाईएको छ । पुर्वमा नै ठुलो मानिएको रक्तसञ्चारमा पहिलोपटक यो प्रविधिको प्रयोग हुन लागेको जनाइन्छ ।

टुलिग डाइनोष्टिक प्राइभेट लिमिटेड काठमण्डौले करिब साढे ३ लाख लागतको यो उपकरण प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका निवर्तमान अध्यक्ष लीला गुरागाइले बताउनु भयो । यसले अब रक्तसञ्चारलाइ आधुनिक एवं प्रविधिमैत्री बनाउनका लागि सहयोग पुगेको समेत उहाँको भनाइ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रक्त सञ्चार प्रमुख सिद्धार्थ दाहालका अनुसार यसबाट रगत परीक्षण तथा ब्लड बैकमा आवश्यकीय जाँचका लागि सरल हुनेछ । यसले समयको बचत हुनुका साथै बाहिरी वातवरणले परीक्षण रिर्पोटमा आउनसक्ने फेरबदल समेत कम हुनेछ । यसले समयको बचत र जाँच पछिको रिर्पोटमा एकरुपता ल्याउने छ, दाहालले भन्नुभयो ।

रेडक्रसमा रहेको रक्तसञ्चारमा गत आर्थिक बर्षमा ६ हजार ७ सय ४६ युनिट रगत संकलन भएको र ६ हजार ५ सय ३३ युनिट रगत यहाँबाट बितरण भएको दाहालले बताउनु भएको छ । पुर्वमा कहि रगत अभाव भएको अवस्थामा आफुहरुले त्यहाँ रगत उपलब्ध गराउने गरेको समेत उहाँले जनाउनु भयो । जस्तोसुकै अवस्थामा पनि दमक र आसपासमा कहिल्यै रगत अभाव हुन दिएका छैनौ ।