दमक/झापाको दमकमा आजकाल इलाका प्रहरी कार्यालयमा सानो-सानो मुद्धाहरु समेत बिचौलियाको प्रभाव देखिन थालेको आरोप लाग्न थालेको छ । कसैले पक्राउ गरेर ल्याउनसाथ प्रायजसो एउटै ब्याक्ति बारम्बार प्रहरी कार्यालयमा आउने गरेको प्रहरी श्रोतको भनाइ रहेको छ ।
दुबैपक्षलाइ मिलाउन आफुले कोसिस गर्ने भन्दै बिचौलियाहरुले प्रहरी कार्यालयमा आदिपत्य जमाउने गरेको प्रहरी कार्यालय आसपासका प्रत्यक्षदर्शीहरुले बताउने गरेकाछन् ।
बाहिर चिया पसल र होटलमा बसेर मोलमोलाइ हुने गरेको समेत श्रोतको दाबी रहेको छ । आफु प्रहरीसंग नजिक भएको भन्दै यसरी मोलमोलाइ गर्नेहरुको संख्या आधादर्जनभन्दा बढि रहेको पनि जनाइएको छ ।
प्रहरी समक्ष गुनासो र मुद्धा लिएर आएकाहरुलाइ सिधै अदालत जानु पर्ने भन्दै झन्झटिलो हुने भन्दै अभियुक्तहरुलाइ सहज हुने गरी त्यस किसिमका बुदा प्रयोग गरेर मुद्धा दर्ता गर्ने गरेको समेत पाईएको छ ।शुरुवातमा नै प्रहरी हेरेसमेन्ट
एक पीडितका अनुसार प्रहरी कार्यालयमा जाँदा मुद्धा पछि फिर्ता लिने र छलफलमा मिल्ने हो भने अहिले मुद्धा नहाल्नु भन्दै प्रहरीले शुरुवातमा नै आफुलाइ हेरेसमेन्ट गरे । जाहेरी तथा उजुरी हाल्नु अघि नै यस्तो भनेपछि आफुले जाहेरी नहालेको उनले सुनाए । प्रहरी कार्यालय भित्र यो प्राय घटनाहरुमा हुने गरेको जनाइएको छ ।
होटल तथा लजमा मनपरी
होटल तथा लजमा पनि अबैध यौनधन्दा फस्टाउदै गएको र बिचौलियाको नै प्रभाव रहेको जनाईन्छ । पछिल्लो समयमा होटलहरुमा प्रहरीले छापा नमार्ने र कसैलाइ पनि कार्वाही नचलाएको बताइदै आएको छ ।










