बिष्णुप्रसाद पोखरेल
दमक/झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ लालझोडामा आगलागिमा परेर ४ जनाको जलेर मृत्यु भएको छ । भानु माध्यमिक बिद्यालय नजिक घर रहेका लक्ष्मण खनालको परिवारको नै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
राती साढे १० बजेतिर भएको आगलागि राती १ बजे नियण्त्रणमा आएको थियो । खनाल सहित श्रीमति राधिका, ४बर्षिया छोरी सुप्रीया खनाल र ३ महिनाको बच्चाको समेत जलेर ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक कैलाश राइका अनुसार कसैलाइ पनि उद्धास गर्न सकिएन । २ घण्टापछि आगो नियण्त्रणमा आएको थियो । खनाल गाँएमा ट्याक्टर तथा थ्रेसर सञ्चालन गर्थे ।
सिलिण्डर पडकेको ठुलो आवाज आएको स्थानीयहरुले बताएकाछन् । आगो त्यहिबाट सल्केको हुन सक्ने बताइन्छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।










