दमक/झापाको शिवसतासी नगरपालिका वडा नं. ७ लालझोडा भानु माबि नजिककै रहेको लक्ष्मण खनालको घरमा गएराति भएको आगालागिमा परेर दूइ बालबालिका सहित ४ जनाको ज्यान गएको बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
राती १० बजेतिर आगलागी हुदा खनाल सहित उनकी श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडितका आफन्त तथा स्थानीयहरुले घटनालाइ रहस्यमय मानेकाछन् । काठको टाँढे घर भएकाले भाग्न तथा चिच्याउन र अरुलाइ बोलाउन सकिने अवस्था रहने देखिएपनि त्यो नहुनुले घटनालाइ रहस्यमय मानिएको स्थानीयहरुको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीम ढकालले घटनाबारे अनुसन्धान शुरु गरिएको जनाए । उनले घटना दुखद भएको जनाउदै घटनाको कारण पत्ता लगाउन प्रयासरत रहेको उनको भनाइ थियो ।
https://youtu.be/hAuEoRTRu7Q









