बिष्णुप्रसाद पोखरेल लालझोडा । राती १० बजेको थियो एक्कासी बेग्लै किसिमको आवाज आएपछि घरमा चारैतिरबाट आगो उठेको देख्यौ, चिच्याएको आवाज पनि सुनियो तर के गर्नु हामीले गर्न सक्ने केहि भएन, सोमबार राती आगलागिबाट एकै परिवारका दूइ बालबालिका सहित ४ जनाको निधन भएको घटनाबारे संगै घर टाँसिएकी छिमेकी हिमा सापकोटाले घटनाबारे यसरी सुनाउनु भयो ।
काठको टाँढे घर । तलतिर बाँसको टाटी लगाएर बारेर बिभिन्न सामानहरु सहित धान समेत राख्ने गरिएको बताईएको छ । पकाउने र बसोबास घरमाथि नै रहेको थियो । बरण्डामा फलामको रड लगाइएको थियो । टिनको छाना, बच्चाहरुको सुरक्षाका लागि फलामको रड लगाएकाले घोप्टे नउघारि माथि पस्ने अवस्था घरमा थिएन ।
चिच्याउदा चिच्याउदै ठुलो आवाज आएपछि छैन सन्त्रास पैदा भयो, सिलिण्डर पड्किएको रहेछ त्यसपछि गाँउलेहरु भेला भइयो तर गर्न सक्ने अवस्था केहि नै रहेन, उहाँले भन्नुभयो । हाम्रा घरतिर पनि ज्वालाले हान्न थालेपछि दुबैतर्फ पानी छ्याम्न थाल्यौ र केहिबेरमा दमकल आएपछि आगो नियण्त्रणमा आयो, सापकोटाको भनाइ थियो । छिमेकी पिसाव फेर्न बाहिर निस्कने क्रममा घरमा आगो दन्केको देखेपछि हारगुहार गर्दामात्र गाँउलेहरुले थाहा पाएको जनाईएको छ ।
दुइ घण्टाभन्दा बढि दन्केको आगोले एकै परिवारका ४ महिनाको बाल सहित चार जनाको एकै चिहान भयो । लामो समय बैदेशिक रोजगारीमा बसेर आइ स्वदेशमा नै केहि गर्ने भनेर ट्याक्टर, थ्रेसर किनेर चलाउदै आउनु भएका शिवसताक्षी नगरपालिका वडा नं. ७ लालझोडाका ३५ वर्षीय लक्ष्मण खनाल, उहाँकी श्रीमति ३० वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा (सुप्रिया) खनाल र चार महिने शिशु टीकाराम खनालको जलेर एकै चिहान भएको हो ।
खनाल धरमपुरबाट ५ बर्ष अघि आमाबुबाको घरबाट छुट्टिएर आएर यहाँ जग्गा लिएर बस्दै आउनु भएको थियो । उहाँको नजिकै ससुराली घर रहेको छ । स्थानीयका अनुसार खनाल आफै पनि ट्याक्टर चलाउने गर्नु भएको थियो । सासु आमा बिष्णु ढुंगेलका अनुसार खनाल(ज्वाइ)ले राती साढे ८ बजेसम्म नजिक रहेको मिलमा ४ मन धान कुटाउनु भएको थियो । त्यहाबाट हिडेको केहिबेरमा नै कोलाहल मच्चिदा अहिले पनि आफुलाइ सपना जस्तो लागिरहेको उहाँले सुनाउनु भयो ।
घटनाको केहिबेर अघि धरमपुर मुल घरमा बुबासंग खनालको कुरा भएको थियो । ‘बेलुका ९ बजेतिर मोवायलमा नातीनी(सुप्रीया)ले बुबा खाना खानु भयो ? भनेर सोधेकी थिइ, छोरासंग पनि थ्रेसर लगाउने बिषयमा कुरा गरेर फोन राखेको घण्टा बित्न नपाउदै आगोलागिको खबर पाए, आइपुग्दा त मैले सबै खरानी देखे ।’ मृतक खनालका बुबा रामकृष्ण खनालले भन्नुभयो ।
मृतक रामकृष्णको साइलो छोराको परिवार हो । यो घटनाको बिषयमा सत्यतथ्य बाहिर ल्याइदिन उहाँले आग्रह पनि गर्नु भयो । चारैतिरबाट आगो बलेको सबैले बताइरहेकाछन्, कोहि न कोहि त भाग्न सक्थे होला तर किन भागेर निस्कन सकेनन् ? यस बिषयमा खोजिदिनु पर्यो, रामकृष्णले भन्नुभयो । कसैप्रति शंकाउपशंका नरहेको पनि उहाँले जनाउनु भयो । घटनाको बिषयमा सुक्ष्म अनुसन्धान गर्छौ संघीय साँसद एलपी साँवा, प्रदेश साँसद झलकसिंह दर्लामी, भmापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सहितको टोली बिहानै घटनास्थल पुगेको थियो । घटनास्थल अवलोकनपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीम ढकालले घरको तल्लो तलामा डिजेल, नजिकै मोटरसाइकल समेत रहेकाले आगो धेरै छिटो सल्किएको र निभ्न समस्या भएको पाईएको बताउनु भयो । प्रहरीले साढे १० बजे घटनाबारे थाहा पाएको र १० मिनेटभित्र प्रहरी आइपुगेको पनि उहाँको भनाइ छ । हाम्रो प्रहरी टोली तत्कालै यहाँ आइपुगेको हो, उहाँले भन्नुभयो । दमकको दमकल आएर आगो नियण्त्रणमा आएको थियो । अत्यन्त दुखद र दर्दानक घटनाको रुपमा हामीले लिएका छौ, घटनाको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ, ढकालले भन्नुभयो । घटनास्थल झिलझिलेबाट ४ किलोमिटर दक्षिणमा पर्दछ । तत्काल राहत उपलब्ध गराउछौ, प्रजिअ दाहाल घटनास्थलमा आउनु भएका झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले घटना दुखद भएको भन्दै पीडित परिवारलाइ तत्कालै राहत उपलब्ध गराइने बताउनु भयो । उहाँले घटनाको बिषयमा अनुसन्धान र पीडितलाइ राहत उपलब्ध गराउने कुरामा प्रशासन गम्भिर रहेको जनाउनु भयो । प्रति मृतक १ लाखको दरले खनाल परिवारलाइ जिल्ला प्रशासन कार्यालय मार्फत ४ लाख रुपिया राहत तत्कालै उपलब्ध गराउछौ, दाहालले भन्नुभयो ।
https://youtu.be/hAuEoRTRu7Q










