बिष्णुप्रसाद पोखरेल दमक । आगोमा डढेर गम्भिर घाइते बनेकी झापाको कमल गाँउपालिका वडा नं. ६ की पुर्ण रुपमा अपाङ्ता भएकी(रातोकार्ड) युवती कुलमाया बस्नेतको जीबन रक्षाका लागि दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष भीम पौड्याल र लायन्सकर्मीहरुले चासो देखाइ उद्धारमा सहभागिमा भएकाछन् ।

सोमबार घरमा आगो ताप्ने क्रममा उनि आगोमा परेकी उनी आर्थिक अभावले उपचार पाउन नसक्ने अवस्था आएको सवाल नेपाल उनलाइ डिजिटल पत्रिकाले थाहा पाएपछि उपचारमा पहल शुरु गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपप्रमुख अधिकारी सहितको पहलमा दमक हस्पिटलबाट लाइफलाइन अस्पताल र त्यहाँ नभएपछि आज साँझ धरान लगिएको छ । त्यहाँ उपचारका लागि समन्वय गरिरहेको छु, उपप्रमुख अधिकारीले बताइन् ।

धरान लैजानका लागि लायन्स क्लव अफ स्टर्न लाइनका अध्यक्ष बिमल शर्मा, माउण्ट एभरेष्टका अध्यक्ष चन्द्र गजमेर र युनाइटेडका अध्यक्ष उत्तम थापाले पनि सहयोग गरेका थिए । शर्मा, गजमेर र थापाले आफुहरु ज्यान बचाउनका लागि तत्काललाइ परिवारलाइ केहि आर्थिक सहयोग गरिएको जनाए ।

लायन्सले देखायो मानवीय सेवा दमकका तीनवटा लायन्स क्लवहरुले उपचारमा चासो देखाएकाछन् । उनिहरुले उनको उपचारमा परिवारलाइ आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकाछन् । तत्कालका लागि २५ सयका दरले ७५ सय रुपिया सहयोग गरेकाछन् । एम्बुलेन्स र बिरामी कुरुवाकाक लागि खानाको खर्च बेहोर्ने उनिहरुले जनाएकाछन् । अहिले पीडितसंग औषधी उपचारको त कुरै छाडौ अस्पताल बस्दा बिरामीलाइ खाना ख्वाउने रकम समेत छैन । पीडितका बुबा देबीबहादुर बस्नेत आफै पनि राम्रोसंग बोल्न र हिडडुल गर्न समेत सक्दैनन ।

दमक हस्पिटल र लाइफलाइन अस्पतालको सहयोग दमक हस्पिटल ल्याइएकी उनलाइ हस्पिटलले उपचार रकम लिएन । अध्यक्ष मोती बरालले एकदिन राखिएको र सबै उपचार निशुल्क गरिएको जनाए । उनले आइसियु भएको अस्पताल लैजान रेफर गरिएको बताए । यता लाइफलाइन अस्पतालले पनि उपचारमा सहयोग गरेको छ । दमक हस्पिटलबाट ल्याइएको बिरामीले डा.खुश्बुप्रीया र डा. समिर भट्टराइले हेरेका थिए ।

यहाँ उपचार सम्भव नहुने उनिहरुले बताए । उनिहरुले धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजानका लागि सुझाव दिएका थिए । दमक नगरपालिका वडाध्क्ष समेत रहेका भीम पौड्यालले यहाँको पैसा नलिइएको जनाए । धरान समेत उपचारका लागि समन्वय गरिरहेको जनाए । चिकित्सकहरुका अनुसार २५ देखि ३० प्रतिशत डढेको छ । गाला, हात, डडाल्नु लगायतका शरिरका बिभिन्न भागहरु डढेको जनाइएको छ ।