दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीसंग निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा चुनाव लडेका  नेपाली काँग्रेसका नेता  खगेन्द्र पाण्डब अधिकारीले बर्तमान सरकारले जनतालाइ आशामात्र देखाएको तर काम नगरेको आरोप लगाएकाछन् ।

उनले यस क्षेत्रका जनतालाइ दिएको आश्वसन समेत पुरा नगरेको भन्दै जनताको धैर्यताको बाँध टुटन लागेको जनाए । उनले भने, जनतालाइ ढाट्ने काम मात्र भएको छ, अरु केहि आश्वसन पुरा भएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति झापाले दमकमा गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकारले जनताले अपेक्षा गरेको जस्तो कार्य नगरेको आरोप लगाए।

महासमिति सदस्य अनिलकुमार प्रसाईं र नेता राजन बहादुर ढुंगानाले प्रधानमन्त्री ओलीको क्षेत्रमा समेत कुनै देखिने गरी विकासका कार्यहरु नभएको दावी गरे।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेन्द्रकुमारी लिम्बुले बर्तमान सरकारले आफू खुशी काम गर्दै आएको हल्ला आउन थालेको भन्दै विकास निर्माणमा समेत अनुगमन गरिने बताए ।